आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

धुलिखेलमा लायन्स क्लबको कार्यक्रम

काभ्रे– काभ्रेको पर्यटकीय नगरी धुलिखेलमा लायन्स क्लबको कार्यक्रम भएको छ । क्लबको अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ एमको अफिसर स्कुलिङ कार्यक्रम गरिएको हो।
 

एक सय ५१ लायन्सहरुको सहभागिता रहेको कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको समेत सहभागिता रहेको थियो । उनी लायनसमेत हुन्।

लायनिज्मका धरोहर डिस्ट्रीक्ट ३२५ एम, पिएमसिसि लायन गिरधारी शर्मा भुषाल समेत उक्त कार्यक्रममा सरिक रहेका थिए ।

साथै कार्यक्रम मा डिस्ट्रीक्ट ३२५ बि १ का गभर्नर आदरणीय लायन विश्वेस्वर आचार्य, लायन्स क्लबस् इन्टरनेसनल डिस्ट्रिक्टहरु, डिस्ट्रीक गभर्नर महेन्द्र पौडेल, प्रथम भाईस डिस्ट्रिक गभर्नर भिमलाल पौड्याल, द्वितीय भाइस डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्याललगायत रहेको डिस्ट्रीक्ट ३२५ एम ,नेपालका सचिव रत्न पराजुलीले जानकारी दिए ।

यो कार्यक्रमको सभापति लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रेक्ट ३२५ एम ,नेपाल का डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलले गरेका थिए भने कार्यक्रम सन्चालन डिस्ट्रिक्ट सचिव लायन रत्न पराजुलीले गरेका हुन् ।