यू-१९ महिला क्रिकेट टिमको बिदाइ

काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रमकाबीच नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंहलगायतले टिमको बिदाइ गरेका हुन् ।
छनोट मलेसियामा जुन ३ देखि ९ तारिखसम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्डको सहभागिता रहनेछ । छनोटको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छ ।
नेपालले कतारविरुद्ध जुन ३, युएईविरुद्ध जुन ४, भुटानविरुद्ध जुन ६, थाईल्यान्डविरुद्ध जुन ७ र आयोजक मलेसियाविरुद्ध जुन ९ मा खेल्ने तालिका रहेको छ ।
नेपाली टिमः
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया