भूमि आयोगलाई छिटो काम सक्न मन्त्री अर्यालको निर्देशन

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई छिटो काम सकाउन निर्देशन दिएकी छन् ।
आयोगले आइतबार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनसम्बन्धी कार्यविधि, अधुरा कार्य सम्पादन कार्यविधि र तथ्यांक संकलन कार्यविधिबारे मन्त्रालयसँग गरेको छलफलमा मन्त्री अर्यालले आयोगका पदाधिकारीलाई छिटो काम सक्न निर्देशन दिएकी हुन् ।
“आयोगले जतिसक्दो छिटो काम अगाडि बढाउनुपर्छ,” मन्त्री अर्यालले भनिन्, “एउटै काम गर्न फरक-फरक संरचना बनाएर जाँदा समस्या उत्पन्न हुन्छ । सहजीकरण र पहिचान समितिलाई एउटै बनाएर जानुपर्छ । स्थानीय तहको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ ।’
अव्यवस्थित बसोवासीको व्यवस्थापनलाई अनौपचारिक भू-सम्बन्धलाई राज्यको करको दायरामा ल्याउने कार्यक्रममा बदल्न अर्यालले आयोगका पदाधिकारीलाई आग्रह गरिन् ।
मन्त्रालयका सचिव टेकनारायण पाण्डेले लगत संकलनका लाग आधार तयार गर्ने हिसाबले कार्यविधि बनाउन आग्रह गरे । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले कार्यक्षेत्रमा गएर काम गर्न ढिलो भइसकेको भन्दै कार्यविधि पारित गरेर छिटोभन्दा छिटो कार्यक्षेत्रमा आयोग जान चाहेको बताए । (रासस)

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

प्रतिक्रिया