आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

औपचारिक कार्यक्रम विना राष्ट्रपति भण्डारी कर्णालीमा

सुर्खेत- राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत आएकी छन् । दिउँसो पौने २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी सुर्खेत आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

राष्ट्रपति भण्डारीकाे सुर्खेतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छैन । भोलि सुदूरपश्चिमको बाजुरा जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएकी हुन् । ‘राष्टपतिको आज सुर्खेतमा बसाई हुने तालिका छ, सुर्खेतमा उहाँ सहभागी हुने कुनै पनि कार्यक्रम तय भएको जानकारी छैन,’ प्रहरी नायव उपरीक्षक कार्कीले भने, ‘भोलि बडीमालिका जाने भन्ने जानकारी मात्र आएको छ।’