बन्द हुनुअघि मलेसियाको किनरारा ओभलमा तीन प्रतियोगिता हुने

काठमाडौँ – १८ वर्षदेखि मलेसिया क्रिकेट संघ (एमसीए) ले संचालन गर्दै आएको ऐतिहासिक किनरारा ओभल क्रिकेट मैदान बन्द हुने भएको छ । एमसीएका अध्यक्ष इकबाल अली कसिम अलीले जुन ३० तारिखमा मैदान खाली गरिने जनाएका हुन् ।
मैदान बन्द हुनुअघि किनरारा ओभलमा दुईवटा अन्तर्राष्ट्रियसहित तीन प्रतियोगिता आयोजना गरिनेछ । जुन १ देखि १० सम्म आईसीसी यू-१९ महिला विश्वकप छनोट तथा जुन १५ देखि २५ सम्म एसीसी महिला टी-ट्वान्टी एसिया कप च्याम्पियनशीप आयोजना हुनेछ । त्यसैगरी, जुन १० देखि तीनदिने टी-टेन कर्टेन कल च्याम्पियनशीप आयोजना हुनेछ ।
मैदानका मालिक पेरुमाहान किनरारा बीएचडीसँग आर्थिक लेनदेनमा विवाद उत्पन्न भएपछि एमसीएले मैदान छाड्नु परेको हो ।
सन् २००३ मा एमसीएले किनरारा ओभलका लागि १५ वर्षका लागि लिजमा लिने सम्झौता गरेको थियो । सन् २०१९ मा दुई वर्षका लागि सम्झौता बढाइएको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया