सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी पार्टीले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । शीर्ष नेताको बैठक बसेर समर्थन फिर्ता लिनेबारे टुंगोमा पुगिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
उनकाअनुसार यसै विषयमा छलफल गर्न माओवादीका शीर्ष नेताको बैठक बस्दै छ । समर्थन फिर्ता लिने विषयमा आज बिहान पनि एक चरण छलफल भएको थियो । आज दिउँसो पनि छलफल गरेर एक दुई दिनमै टुंगो लगाउने बताइएको छ ।
सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजावादीका नेता डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया