नेपालमा गुड ब्रिक्स विस्तारका लागि इन्नोसियसआर र एनएमबि बैंकबीच साझेदारी

काठमाडौंँ - दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसिएसआर र एनएमबि बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स सिस्टम (जिबिएस)लाई प्रवर्द्धन र शीघ्र रूपमा अघि बढाउन नयाँ साझेदारीको घोषणा गरेको छ । गुड ब्रिक्स सिस्टम इन्नोसिएसआरद्वारा यसको गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन-फायर इँटा उत्पादन प्रविधि हो। एमओयुमा आज एनएमबि बैंकका तर्फबाट प्रमुख लगानी अधिकृत, श्रीजेश घिमिरे र इन्नोसिएसआरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) साम युन सुक लीले हस्ताक्षर गरेका छन् ।
एमओयुका अनुसार, एनएमबि बैंकले बहुपक्षीय विकास बैंक, गैरसरकारी संस्था, सरकार र अन्य वित्तीय संस्थाहरू लगायतका विभिन्न स्रोतहरूबाट गुड ब्रिक्स सिस्टम सम्बन्धी बाह्य कोषका लागि एजेन्ट बैंकको रूपमा काम गर्नेछ। एनएमबि बैंकले इँटा भट्ठा मालिकहरूलाई गुड ब्रिक्स सिस्टम लागू गर्न आवश्यक लगनशीलता र प्रक्रियाहरू पूरा गर्न ऋण, जमानत, मिश्रित वित्तीय उपकरणहरुद्धारा वित्तीय सहयोग पनि उपलब्ध गराउनेछ। एनएमबिले वातावरण प्रति थप जिम्मेवार बन्दै दीगो बैंकिङ्ग अभियानको एक पाइला स्वरुप इन्नोसिएसआरसँग साझेदारी गरेको छ ।
इन्नोसिएसआरद्वारा विकसित गुड सोइल स्टेबिलाइजर, एक विशेष रसायन हो जसले कडा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने इँट्टाहरूका लागि आवश्यक गुणस्तरमा पुग्न माटो र सिमेन्ट बीच बाइन्डिङ गर्न सक्षम बनाउँछ।
गुड ब्रिक्स सिस्टमले ९न्द्यक्०, सोइल स्टेबिलाइजर प्रयोग गरी इँटा उत्पादन गर्ने प्रक्रिया, इन्डोर कारखानामा इँटाहरू उत्पादन गर्न हाइड्रोलिक मेसिनको प्रयोग गर्दछ, जसले वर्ष भरि कोइला प्रयोग नगरी गुणस्तरीय इँटाहरू प्रदान गर्दछ साथै यसमा १र१० का आधारमा कामदार र जग्गा चाहिने हुन्छ।
एनएमबी बैंक मूल्यमा आधारित दृष्टिकोण, बैंकिङ आविष्कार, प्रगतिशील व्यापार मोडल र सामाजिक दायित्वहरूद्वारा सञ्चालित नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा उभिएको छ साथै दिगो आर्थिक, सामाजिक र वातावरणीय विकास प्रदान गर्न वित्तको उपयोग गर्ने लक्ष्य राखेको छ। एनएमबि बैंकको हाल नेपालभर २०१ शाखाहरू छन् र नेदरल्यान्ड्स डेभलपमेन्ट फाइनान्स कम्पनीसँग साझेदारी रहेको छ।

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

प्रतिक्रिया