लेवान्डोस्कीले बायर्न म्युनिख छाड्ने

काठमाडौँ – सन् २०२१ को फिफा प्लेयर अवार्ड विजेता रोवर्ट लेवान्डोस्कीले जर्मन क्लब बायर्न म्युनिख छाड्ने भएका छन् । पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले म्युनिखसँगको समय सकिएको तथा समर सिजनमा क्लब छाड्ने बताए ।
उनी स्पेनिस क्लब बार्सिलोना जाने चर्चा चलिरहदा लेवान्डोस्कीले वर्तमान क्लब छाड्ने बताएका हुन् । म्युनिखसँग एक वर्षको सम्झौता बाँकी रहेपनि आफूले क्लब छाड्दा दुबैका लागि फाइदाजनक हुने लेवान्डोस्कीले बताए ।
जर्मनीको सञ्चार संस्था स्पोर्टस वानले लेवान्डोस्कीका एजेन्ट र बार्सिलोनाबीच ३ वर्षको लागि मौखिक सम्झौता भएको जनाएको छ ।
जर्मन बुन्डेसलिगामा लेवान्डोस्कीले म्युनिख र पूर्व क्लब बोरुसिया डर्टमण्डबाट खेल्दै ३ सय ८४ खेलमा ३ सय १२ गोल गरेका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया