फेरि रोकियो २२० केभी प्रशारण लाइनको काम

बुटवल : राष्ट्रिय परियोजना अन्तरगतको हेटौडा-भरतपुर-बर्दघाट २२० केभी विद्युत प्रशारण लाइनको काम फेरि रोकिएको छ । पूवी नवलपरासीको कावासोती–१ कोइलापानीमा प्रशारण लाइन विस्तारको क्रममा विद्युत लाइनमुनि पर्ने निजी जग्गा, घर र सोही स्थानमा रहेको गुम्बाको मुआब्जा यकिन नभएको र मुआब्जा दिने पनि यकिन भएको भन्दै स्थानीयले काम राकिदिएका हुन् । यसअघि पनि मुआब्जालगायतका विषयमा काम अवरोध भएको थियो ।
स्थानीय बासिन्दाको जग्गा र सेन्चेन छोइलिङ गुम्बा अहिले विस्तार गर्दै गरेको राष्ट्रिय प्रशारण लाइनको विद्युत प्रभाव क्षेत्रभित्र पर्ने उनीहरूको दाबी छ । मुआब्जाको विषयमा सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरूले पछिल्लो ५ दिन यता काम रोकेका छन् ।
गुम्बा ब्यवस्थापन समिति र स्थानीयसँग कुनै पनि परामर्श नलिएर तार बिछ्याउने कार्य अघि बढाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । स्थानीयहरूले अवरोध गरेपछि काम रोकिएको स्थानीय बासिन्दा तथा गुम्बा ब्यवस्थापन समितिका सचिव रामबहादुर ब्लोनले बताए । आयोजनाका दुई जना इन्जिनियरहरूले परस्पर बाँझिने खालका लिखत प्रदान गरेको ब्लोनले जानकारी दिए।
इन्जिनियर उमेश मिश्रले प्रसारण लाइन तारको ११ मिटर भित्र गुम्बाको संरचना परेको नक्सा ब्यवस्थापन समितिलाई दिएका छन् भने अर्का इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले भने प्रसारण लाइनभित्र गुम्बाको संरचना नपर्ने आशयको पत्र गुम्बा ब्यवस्थापन समितिलाई पठाएका छन् ।
तीन दिन अघिदेखि अवरोध भएको तार बिछ्याउने काम आयोजना र गुम्बा ब्यवस्थापन समितिबिच सहमति भएपछि मात्र अघि बढ्न दिने समितिका सचिव ब्लोनले बताए । जिल्ला प्रशासन कार्यालय पूर्र्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले भने दुबै पक्षबीच छलफल गराइ अघि बढ्ने बताए । यो आयोजना अघि बढाउन सुरुमा प्रशासनको सहयोग नभएको आरोप लागेको थियो ।

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_TYtzP5iB2v_dwtcaaibnz6mgkyrjhgxspdzl41rclezstoykisi7y87hnsn7tcbjrbxf6yn.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_gIesOanmA8_q4gavgkkzn6uehtfmcl85enbbnky8heh3x2m37uwnvj4p8pmvhgtfrecixaa.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

प्रतिक्रिया