आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

काठमाडौँ महानगरमा कांग्रेसको एकल बहुमत, पहिलो बैठकमा बालेनलाई वडाअध्यक्षले दिए सुझाव

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित मेयर र उपमेयर सहितको पहिलो बैठक बसेको छ । सोमबार मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेपछि पहिलो बैठक बसेका हुन् । 

बालेन स्वतन्त्र तर्फबाट उम्मेदवार दिएर विजयी भएकाले उनी समर्थित नगरसभा बैठकमा सदस्य हुने छैनन् । नगरसभाको बैठकमा निर्णय गर्न सबै वडाध्यक्षको सहमति लिनुपर्छ ।

महानगरको ३२ वडामा मुख्य-मुख्य दलका अध्यक्ष तथा सदस्यहरू छन् । उनलाई सबैले समर्थन गर्छन भन्ने पनि छैन । दलगत हिसाबमा सबैभन्दा बढी नेपाली कांग्रेसका वडाअध्यक्षहरू छन् । कूल ३२ वडामध्ये १९ वडाअध्यक्ष कांग्रेस, नेकपा एमालेका १२ अध्यक्ष र एकीकृत समाजवादीका १ जना अध्यक्ष छन् ।

नगरसभाबाट प्रत्येक एजेण्डा पास गराउन बहुमत सदस्यले निर्णय गर्नुपर्छ । बैठकमा बहुमत विपरीत एजेण्डा अध्यक्षहरूले साथ र सहयोग नगर्न सक्छन् । अहिलेको अवस्थामा भने उनलाई काम गर्न सहज छैन ।

महानगरको पहिलो बैठकमा उनलाई केही वडाअध्यक्षले बैठक बसाउने सुझाव दिएका छन् । शाहलाई वडाअध्यक्षहरूले बैठकको प्रक्रिया सिकेर आउन सुझाव दिए ।

प्रत्यक्ष प्रशारण गरिएको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बोर्ड बैठकको निर्णय भन्दै केही निर्णय सुनाएपछि वडाध्यक्षहरु आक्रोशित भएका थिए। 

‘कार्यपालिका बैठक भर्खर बस्दैछ, बोर्डको बैठकले कसरी पारित गर्यो? हामीले टेबल नठोकी कसरी पारित हुन्छ?' एक वडाध्यक्षले भने। फोहोरमैला व्यवस्थापन कार्यदल गठन गर्ने र त्यसमा पार्टीगत प्रतिनिधि दिन प्रशासकीय अधिकृत पौडेलले भनेपछि उनीहरुले त्यो प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले भने, 'मेयर साहेब संसदीय बैठक प्रणाली लागू गर्नुस्, सिक्नुस् त्यो कुरा। बैठकको प्रक्रिया अध्ययन गर्नुस्, कसरी प्रस्ताव आउँछ? कसरी अनुमोदन हुन्छ? बहुमत हुन्छ। त्यस्तो प्रक्रिया गर्नुस्, पार्टीको नाम लिन थाल्नुभयो, बैठक कसरी चलाउने त्यो पनि परामर्श गरेर आउनु पर्‍यो।'

उनको जवाफ मेयर साहले दिदै भने,'पहिले नै छलफल गर्नुपर्ने कुरा हो। आज पहिलो दिन भएकाले सजिलै कुरा राखिएको छ। सबैले पास नगरी केही पनि निर्णय हुँदैन।'