विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौँ ल्याइयो
काठमाडौँ - आइतबार पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुदाँ मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइएको छ ।
आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुदाँ उक्त विमानका सवार सबै २२ जना यात्रुको मृत्यु भएको थियो भने हालसम्म २१ जनाको शव फेला परेको छ ।
दुर्घटनमा मृत्यु भएका मध्ये १० जनाको शव काठमाडौं ल्याइएको हो । शव ल्याउदा पर्यटन मन्त्री प्रेम आले विमानस्थल पुगेका थिए ।
शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि लगिएको छ । बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको नेपाली सेनाले जनाएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा उक्त विमान दुर्घटना भएको हो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

प्रतिक्रिया