आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

विमान दुर्घटनाः त्रिपाठी दम्पतीले दिएका थिए सम्बन्ध विच्छेदका लागि निवेदन

काठमाडौँ - तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका भारतका त्रिपाठी दम्पतीले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । मुम्बई ठाणेका अशोक त्रिपाठी र वैभवी त्रिपाठीले अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए । 

तर विमान दुर्घटनामा ५४ वर्षीय अशोक, उनकी ५१ वर्षीया श्रीमती वैभवी, २२ वर्षीय छोरा धनुष र १८ वर्षीया छोरी ऋतिका परे । 

खासमा अशोक आफ्नी श्रीमतीसँग छुट्टै बस्दै आएका थिए र उनीहरुको सम्बन्ध विच्छेदको मुद्दा अदालतमा थियो । उनीहरुका दुबै सन्तान वैभवीसँगै बस्दै आएका थिए । 
तर अदालतले फैसला नआउन्जेल प्रत्येक वर्ष १० दिन सँगै बस्नुपर्ने जनाएको थियो । जसका कारण उनीहरु नेपाल आएको आजतकले जनाएको छ ।