बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

घनश्‍याम भुसाललाई सूर्य थापाको प्रश्‍न : चुनाव जित्यो कि फुटमा सक्रिय संयोग कि नियति ?

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेता घनश्याम भुसालमाथि पार्टी फुटाउन सक्रिय भएको आरोप लगाएका छन् । थापाले ट्‍वीट गरेका छन् 'चुनाव जित्यो कि फुटमा सक्रिए भएको आरोप लगाएका छन् । उनले प्रश्‍न गरेका छन् 'संयोग कि नियति ?'

भुसालले अहिलेसम्म जम्‍मा दुई वटा निर्वाचन जितेको आरोप लगाएका छन् । भुसालले २०५१ र २०६४ सालमा जम्मा दुई वटा चुनाव जितेको उनले उल्लेख गरेका छन् । 'घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्‍नुभयो' थापाले ट्‌वीट गरेका छन् '१. २०५१ पछि उपनिर्वाचन जित्‍नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निष्‍कासन गर्नुपर्‍यो ।' 

'०७४ मा जित्‍नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो' थापाले प्रश्‍न गरेका छन् 'चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?'