बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा छैनः अर्थमन्त्री शर्मा

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताएका छन् ।
सोमबार बजेटबारे अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलव वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धित छ भनेर भन्न नमिल्ने स्पष्ट पारे ।
उनले चार वर्ष अघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनि प्रश्न समेत गरे ।
उनले भने, ‘यो चुनावी बजेट हो भनिएको छ । यहाँ चुनावको कुरा छैन कहीँ पनि । हिजो दिईरहेको कुरा निरन्तर गरिएको हो । अलिकति तलमाथि गरेको बाहेक के चुनावी गरिएको छ र ? उत्पादन वृद्धि गर्ने कुरा चुनावी कुरा हो र ? आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा चुनावी कुरा हो र ? तीन वर्षको स्वतहः तलब बढाउने कुरा थियो कर्मचारीहरुको । ऐनमै त्यसको व्यवस्था छ । तलव बढाउनु चुनावी कुरा होईन । तालिम दिनुपर्छ युवाहरुलाई भन्ने कुरा चुनावको कुरा हुँदैन । किसानलाई पेन्सन दिने कुरा पनि चुनावी कुरा होईन । यो चुनावी कुरा होईन, उत्पादन बढाउने कुरा हो । चुनावी बजेट जे भनियो, यो चुनावी बजेट होइन । विगतकै बजेटको पनि निरन्तरता धेरै छन । तीन चार वर्ष अघिको सरकारले बनाएको बजेट पनि चुनावी बजेट हो त ?’
अर्थमन्त्री शर्माले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारनै बजेट आएको पनि बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना गर्ने, गरिवीको अन्त्य गर्ने, हाम्रा स्रोत, साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताए ।
उनले भने, ‘नीति तथा कार्यक्रमले निर्देश गरे अनुसार बजेट ल्याइएको छ । बजेट गाउँको बाटो मात्रै होईन, बजेट गाउँको रोजगारी पनि हो । बजेट गरिबीको अन्त्य पनि हो । बजेट हाम्रा स्रोत साधनहरुको सही परिचालन र व्यवस्थापन पनि हो । यो एउटा चुनौती हामीले थपेको हो । हामीले भनेका छौं–यति प्रतिशत आयात प्रतिस्थापन गर्छौं । उत्पादन वृद्धि गर्छौ । यति लाख हामी रोजगारी सृजना गर्छौंं ।’
अर्थमन्त्री शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताए । उनले अर्थ मन्त्रालयमा प्रयोग गरिएको सेनिटाईजर समेत विदेशी भएको पाइएको पनि आफूहरुले स्वदेशी बस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको पनि बताए ।
शर्माले भने, ‘अव सरकारले स्वदेशी वस्तुनै प्रयोग गर्नुपर्छ । विस्कृट त चाँहियो तर त्यो पनि स्वदेशी आओस्न । सेनिटाईजर स्वदेशी आओस् । मास्क पनि स्वदेशी आओस् । सुरु कस्ले गर्ने त ? पहिला सरकारले गर्नुप¥यो । सरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुप¥यो । त्यसो गर्ने प्रतिवद्धता हामीले गरेको छौं र, हामीसँग धाँगो कारखाना छ । कपडा उद्योग छ । प्राईभेट धागो कारखाना छ । तिनलाई पनि सहुलियत दिँदैछौं । तिनलाई हामी सुविधा दिँदैछौं । विजुलीमा सुविधा दिन्छौं हामी । निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौं । त्यसबाट हामी उनीहरुलाई उत्साहित गर्न खोजिराखेका छौं । टायर उद्योग, रवर उद्योग त्यत्तिकै छ । त्यसलाई बेच्नुपर्ने अवस्था छ ।’
अर्थमन्त्री शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दावी समेत गरे । उनले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरु छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे ।
अर्थमन्त्री शर्माले बजेट पूर्ण र उत्कृष्ट नभएपनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको बताए । शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सृजना गर्ने कामलाई प्राथमिकता दिएको पनि स्मरण गराए ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया