संघीय बजेटले कर्णाली राजमार्ग र जुम्ला स्वास्थ्य प्रतिष्ठानलाई उपेक्षा गरेको आरोप

जुम्ला - सरकारले प्रस्तुत गरेको २०७९/८० को बजेटमा जुम्ला उपेक्षामा परेको छ । संघीय सरकारको बजेटमा नसमेटेर कर्णालीको जीवनरेखा मानिने कर्णाली राजमार्ग र कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पताललाई उपेक्षा गरेको आरोप छ ।
अर्थमन्त्री जनार्दन शर्माले राजस्व र व्ययको वार्षिक अनुमानसहितको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजानिक गरे ।
जसअन्तरर्गत मुलुकका सातै प्रदेशका विशेष महत्वका आयोजना र सात सय ५३ स्थानीय तहका विभिन्न योजना बजेटमा समेटिएका छन् ।
तर, जुम्लावासीको भरोसाको केन्द्र, कर्णाली प्रतिष्ठान र कर्णालीको जीवनरेखा कर्णाली राजमार्ग स्तरवृद्धि अभावले मृत्युमार्गका रुपमा परिणत हुँदा समेत संघीय बजेटमा नसमेटिएको आरोप छ ।
कर्णालीकै सांसद अर्थमन्त्री हुँदा पनि कर्णाली प्रतिष्ठान र कर्णाली राजमार्ग बजेटमा नसमेटिनु विडम्बना भएको उनीहरूको भनाइ छ ।
पूर्वराज्यमन्त्री बहादुर महत भन्छन्, `सिटामोल नपाईने कर्णालीमा विशषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाई सुरु भएको छ । भवन अभावले भाडाका घरमा प्राध्यापकहरू बस्न बाध्य छन् । विशेष बजेटले मात्रै होइन कर्णालीकै अर्थमन्त्रीले समेत उपेक्षा गरे ।`
प्रतिष्ठानका पूर्व रजिष्टार विश्वराज काफ्लले पनि बजेटमा प्रतिष्ठानलाई उपेक्षा गर्नुलाई प्रतिष्ठानलाई सक्काउने खेल भएको प्रतिक्रिया दिए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया