बालेनको पदभार ग्रहणकै दिन किन भयो महानगरविरुद्ध प्रदर्शन ?

काठमाडौँ- स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँ महानगरपालिकाको मेयरमा विजयी भएका बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका छन् । महानगरमा नवनिर्वाचित मेयर शाह र उपमेयर डंगोलले पदभार ग्रहण कार्यक्रम हेर्न पुग्नेहरूको बाक्लै भीड थियो।
पहिलोपटक स्वतन्त्र उम्मेदवारी दिएका शाह विजयी भएपछि सबैको चासो बनेको थियो काठमाडौँ महानगर । ओहोरदोहोर गर्ने मानिसहरू ढल गन्हाएको भन्दै नाक थुन्दै हिँडिरहेका थिए । केही मानिस भन्दै थिए, ' कस्तो के गन्हाएको हो भन्दै थिए ।'
नयाँ मेयरको कार्यालय प्रवेशको पहिलो दिन फरक दृश्य देखियो । सबैको हात-हातमा फूल र माला हुनुपर्थ्यो तर, त्यस्तो देखिएन । विरोध गर्न ब्यानरसहित केही व्यापारीहरू देखिए ।
'पाँच वर्षसम्म विद्यासुन्दर ज्युले देख्न नसकेको नगरपालिकासहितको जलमग्न पार्किङ ढल मग्न' काठमाडौँ महानगरपालिकाको अस्थायी कार्यालयमा देखिएको दृश्य हो ।
भवनमा महानगरको विभिन्न कार्यालयसहित अन्य निजी कम्पनी गरी करिब २० वटा कार्यालय छन् । भवनको पार्किङमा फोहोर पानी जमेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
त्यस्तै सँगै रहेको व्यापारिक भवन चाइना टाउनको पार्किङमा पनि फोहोर पानी जमेकाले विरोध जनाउनु परेको सहभागी रामकुमार खड्गीले बताए । पाँच वर्षसम्म निवर्तमान मेयर विद्यासुन्दर शाक्यले केही काम गर्न नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका थिए ।
पुरानो मेयर शाक्यले ढलको समाधान गर्न सकेनन् । धेरै पटक यहाँको वातावरणको बारेमा सुनाउँदा कसैले पनि वास्ता नगरेको विरोधमा सहभागी व्यापारीहरूको गुनासो थियो । शाक्यले पाँच वर्षको समयमा केही गर्न नसकेकाले ढलबाट पीडित हुनुपरिरहेको उनीहरूको भनाइ थियो ।
विरोधमा सहभागी व्यापारीहरू भन्दै थिए,' नयाँ मेयरलाई हाम्रो समस्या सुनाउन चाहन्छौ । तर, तत्काल फोहोर पानीको व्यवस्थापन गरिदिनुपर्यो । हामीलाई पनि मेयरले सहयोग गर्नुपर्छ । हामी पनि सहयोग गर्न तयार छौ, कसैको विरोध गर्न आएका होइनौ ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया