हल्का वर्षाले पनि हटेन वायु प्रदूषण

काठमाडौँ : बुधबार काठमाडौँ उपत्यकासहित पहाडी जिल्लाको मौसम केही बदली हुने भएको छ । पहाडी जिल्लामा हल्का वर्षा समेत भएको छ । मकवानपुर लगायतका जिल्लामा हल्का वर्षा समेत भएको स्थानीयले बताएका छन् ।
यसअघि हिजो ताप्लेजुङ, संखुवासभा, मुस्ताङ लगायतका जिल्लामा पनि हल्का पानी परेको थियो । तर यो पानीले काठमाडौँ उपत्यका लगायतका ठाउँमा बढेको वायु प्रदूषण हटाउन नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार बिहीबारसम्म वायु प्रदूषण हटाउन सक्ने मौसमी प्रणाली सक्रिय नहुने भएकाले अहिलेको तुवाँलो हट्ने देखिदैन् । काठमाडौँ उपत्यका लगायतका जिल्लामा देखिएको बाक्लो तुवाँलोसहितको प्रदूषण हटाउन बलियो मौसमी प्रणाली विकास हुनुपर्ने भएकाले अझै केही दिन प्रदूषण कायमै रहने मौसमविद मानन्धरले बताइन् ।
वायु प्रदूषणका कारण नागरिकको जनजीवन प्रभावित भएको छ । देशभरका विद्यालय चार दिनसम्म बन्द गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । तर केही पालिकामा प्रदूषणको असर नदेखिएकाले विद्यालय सञ्चालन भइरहेका छन् ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया