विनोद चौधरीले भने, 'आर्थिक वर्ष २०७९/८० बजेट उत्साहजनक छ'

काठमाडौँ - नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुरा समेटिएकाले सकारात्मक रहको बताएका छन्।संसदमा आइतबार प्रस्तुत बजेटबारे प्रतिक्रिया दिँदै चौधरीले युवा, स्वास्थ्य, शिक्षा लगायतका धेरै कुरा समेटिएकाले बजेट सकारात्मक रहेको बताएका हुन् ।
उनकाअनुसार वर्षौदेखि थुप्रिएर बसेका धेरै सुधारका विषयहरू यो बजेटले समेटेको छ । शिक्षा, स्वास्थ्य, पुर्वाधार निर्माण, वित्तीय सेवा, औधोगिक निर्यातलगायतका क्षेत्रमा बजेटले सुधारको कार्यक्रम ल्याएको छ । उदाहरणका लागि नेपालमा धेरै उत्पादन हुने स्टिल र सिमेन्टजस्ता उत्पादनहरूमा अनुदानलाई केन्द्रित गर्नु, रियल स्टेटलाई जगाउनका लागि २० प्रतिशत अपार्टमेन्टको लागि विदेशी लगानी ल्याउने बाटो खोलिएको छ ।
यसबाट विदेशी मुद्रा पनि भित्रिने छ भने विदेशी नागरिकले यहाँ किन्न, आउन र बस्न पनि पाउने व्यवस्था गरिएको छ । वर्षौदेखि थन्किएर बसेका भेन्चर क्यापिटल, प्राइभेट इक्युटीहरू, डिजिटल बैंकिङ लगायत थुप्रै नयाँ कुराहरूलाई विशेष महत्व दिएको चौधरीको भनाइ छ ।
साथै, युवालाई परिचालन गर्ने विषयमा पनि पुरानो स्वरोजगार कोषलगायत स्टार्टअप फण्डहरू दिशाविहीन भएर बसिरहेको बेलामा बजेटले नयाँ दृष्टिकोण लिएको छ । प्रदेशमा इन्क्युवेटरहरू खोलेर सबै योजनाहरूलाई लगानी गर्ने, तालिम प्रदान गर्ने, बैदेशिक रोजगारीबाट फर्कनेहरूका प्रदेश सरकारलाई जिम्मेवार बनाउन खोजिएको हुँदा बजेट राम्रो रहेको जानकारी दिए ।
त्यस्तै बजेटले संघीयता र विकेन्द्रीकरणको सिद्धान्तलाई थप बल पुर्याउँदै प्रदेश सरकार र स्थानीय सरकारहरूलाई परिचालन गर्दै काम गर्ने योजना बनाइएको छ । कोरोना महामारीकै बेलामा हामीले देखेको अनुभव छ, स्थानिय र प्रदेश सरकारहरू सक्रिय नभएको भए केन्द्रीय सरकारले मात्र त्यो व्यवस्थापन गर्न सजिलो हुँदैन थियो । युवाको रोजगारीको समस्या, शिक्षाको समस्या, स्वास्थ्यको समस्याहरू स्थानिय सरकारहरूलाई नै परिचालन गरेर समाधान गर्न खोजिएको छ । मेडिकल शिक्षामा विदेशी विद्यार्थीलाई आकर्षण गर्ने योजना ल्याइएको छ । यी र उस्तै थुप्रै कुराहरूका कारण बजेट सकारात्मक रहेको चौधरी बताउँछन् ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया