काठमाडौँका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण (फोटो फिचरसहित)

काठमाडौँ - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलको शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा केही बेरअघि मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले प्रमुख बालेन्द्र साह (बालेन)लाई शपथग्रहण गराएका हुन् ।
मेयर साहले सुरुमा नेपाली भाषामा शपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा शपथ लिएका थिए ।
मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । उपमेयर सुनिता डंगोलले भने नेपाल भाषामै शपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा शपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा शपथ लिएकी हुन् ।
प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया