उदयपुरको कटारीमा ट्रक दुर्घटना : चार जनाको मृत्यु

काठमाडौँ - सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमो सोमबार बिहान ट्रक दुर्घटनाहुँदा चार जनाको ज्यान गएको छ । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बिहान साढे दुई बजे दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्चि सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भई दुर्घटना भएको खुलेको छ । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
प्रहरीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयास जारी राखेको छ । शव यत्रतत्र छरिएकाले उठाउने कार्य भैरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया