काठमाडौँका मेयर र उपमेयरले आज शपथ लिँदै, आजै पदभार ग्रहण गर्ने

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन ) साह र उपमेयर सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्ष र सदस्यले आज शपथ लिँदैछन् । सोमबार बिहान १० बजे महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ।
त्यसपछि मेयर शाहले उपमेयर डंगोललाई र वडाध्यक्षलाई शपथ ग्रहण गराउने छन् । महानगरका प्रमुख साह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
मेयर साह स्वतन्त्रबाट निर्वाचित भएका थिए भने उपमेयर डंगोल नेकपा एमालेका तर्फबाट निर्वाचित भएकी हुन् ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया