आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

विदेश पढ्न जाँदा साटिने रकममा २ प्रतिशत शिक्षण शुल्क लाग्ने

काठमाडौँ - विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा दुई प्रतिशत शिक्षा सेवा शुल्क लगाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० बजेटमा सो व्यवस्था गरिएको हो।

जसमा विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंक वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ । साथै म्यादभित्र कुनै बैङ्क वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्कको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज बुझाउनु पर्नेछ।