प्रतिकुल मौसमका कारण आज विमान भेटिएन, पोखरामा तीनवटा हेलिकप्टर ‘स्ट्यान्डबाइ’ छन्ः पर्यटनमन्त्री आले

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री प्रेम आलेले पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान खोज्न आफूहरुले हरसम्भव प्रयास गरे पनि प्रतिकुल मौसमका कारण भेट्न नसकिएको बताएका छन् ।
आइतबार आगामी आर्थिक वर्ष २०७९–०८० का लागि बजेट प्रस्तुत भएपछि संसदमा मन्त्री आलेले यो जानकारी दिएका हुन् । उनले उद्धारका लागि पोखरामा तीनवटा हेलिकप्टर तयारी अवस्थामा रहेको बताए ।
जहाजको खोजी कार्यका लागि नेपाली सेनाले ८२ जनाको टोली खटाएको छ । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र तारा एयरको उद्धार टोली सम्भावित क्षेत्रमा खटिएको छ ।
चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरु सवार तारा एयरको विमान बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया