बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य रोकियो

काठमाडौँ - ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए ।
खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सु र हिउँ पर्न थालेपछि आजको लागि खोजी कार्य रोकिएको उनको भनाइ छ ।
मुस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र यति एयरको उद्धार टोली त्यसतर्फ परिचालन गरिएको थियो । तर, आजलाई थप उद्धार कार्य गर्न सम्भावना नरहेको भन्दै टोली फिर्ता हुन लागेको सीडीओ शर्माले बताए ।
जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टोली खटिएको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र तारा एयरको उद्धार टोली समेत सम्भावित क्षेत्रमा खटिएको छ ।
भोलि मौसम प्रतिकूलताको आधारमा खोजी कार्यमा टोली परिचालन हुने उनको भनाई छ । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो । चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया