आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

काठमाडौँ - आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको यति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९ः५५ बजे उडेको तारा एयरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको यति एयरले जनाएको हो । 

सम्पर्कविहीन भएपश्चातदेखि नै स्थल तथा हवाई मार्गमार्फत तीव्र रूपमा खोजी कार्य भइरहेको यति एयरले विज्ञप्तिमार्फत जनाएको छ । 

वायुयान हराइरहेको सम्भावित स्थान न्याउरीकोट, कोवाङ्ग, लेते, घोडेपानी र टिटि ताल वरिपरि खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी तथा तारा एअरको उद्धार टोली परिचालन गरिएको छ । नेपाली सेनाको एमआई १७ र फिस्टेल एअरको हेलिकप्टोरमार्फत् पनि खोजी भइरहेको यति एयरले जनाएको छ । 

तारा एयरको टुइनेटर विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।