भारतमा २४ घण्टामा ५६ हजारलाई कोरोना संक्रमण

भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ । सो अवधीमा कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ६२ हजार ११४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
कूल संक्रमितमध्ये पाँच लाख ४० हजार ७२० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड १० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा ७ लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । (सिन्ह्वा)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया