स्वास्थ्यका लागि ६७ अर्ब ३८ करोड
काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य मन्त्रालयका लागि रु ६७ अर्व ३८ करोड बजेट बिनियोजन गरेको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड र स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम ७ अर्व ५० करोड छुट्टाइएको छ ।
त्यस्तै सरकारले विपन्नलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ । । एक चिकित्सक एक अस्पताल कार्यक्रम सञ्चालन गरिने, केन्द्र र प्रदेशका २० अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिने उनले बताए । त्यस्तै मानव विकास सूचकांकमा पछि रहेका २५ जिल्लाका सुत्केरीलाई एकमुष्ट ५ हजार
रुपैयाँ दिइने सरकारले जनाएको छ ।
सबै प्रादेशिक अस्पतालमा मिर्गौला डायलासिस सेवा दिइने र त्यसका लागि डाइलासिस मेसिन खरिद गरिने छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया