आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

भूमिहिन दलितलाई आवास उपलब्ध गराइने

काठमाडौं– सरकारले तीन वर्षभित्र सबै भूमिहिन दलितलाई आवास उपलब्ध गराउने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो । त्यसैगरी बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य पनि बजेटमा समावेश गरिएको छ ।

अर्थमन्त्री शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने लक्ष्य पनि बजेटमा निर्धारण गरिएको बताए । उनले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष भित्र ३० प्रतिशत कम गर्ने बताए ।