प्रदूषण अझै केही दिन रहने, सुरक्षित रहने यस्ता छन् उपाय

काठमाडौँ : उपत्यकासहित आसपासका जिल्लामा रहेको वायु प्रदूषण अझै केही दिन रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी बिहीबारसम्म वायु प्रदूषण कायमै रहने बताएको हो । महाशाखाले नयाँ मौसमी प्रणाली सक्रिय नहुँदा काठमाडौँमा जमेर बसेको धुवाँ, धुलो र तुवाँलो हट्न अझै केही दिन लाग्ने बताएको छ । उपत्यकामा प्रदूषण बढ्नुका साथै डढेलोका कारण मौसम सफा हुन नसकेको मौसमविदको भनाइ छ ।
‘डढेलोका कारण प्रदूषणको चाप बढेर धुँवा, धुुलोका कण वायुमण्डलको तल्लो तहमा जम्मा भएका छन्’ महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘नयाँ मौसमी प्रणाली सक्रिय नभएसम्म अवस्था यस्तै रहन्छ ।’
वायु प्रदूषण बढेका बेला सुरक्षित रहनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । बाहिर हिँड्दा मास्क लगाउनुपर्ने सरुवा रोग अस्पताल टेकुका डा.शेरबहादुर पुन बताउँछन् । तर यो व्यावहारिक नहुने डा.पुनको भनाइ छ । वायु प्रदूषणले बालबालिका, वृद्ध र कोभिड–१९ संक्रमितलाई थप समस्या हुन सक्ने उनी बताउँछन् ।
‘वायु प्रदूषणले बालबालिका र वृद्धलाई समस्या पार्छ’ डा.पुन भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बढी असर गर्छ । त्यस्तै कोभिड संक्रमितलाई पनि वायु प्रदूषणले असर गर्छ । यो तत्कालै नदेखिए पनि हाम्रो स्वास्थ्यमा दीर्घकालिन असर पुर्याउँछ ।’
वायु प्रदूषणबाट जोगिन सकेसम्म घरबाहिर ननिस्कन डा.पुनको सुझाव छ । निस्कनै परे मास्क अनिवार्य लगाउन र प्रदूषणको मात्रा नघटेसम्म सुरक्षित भएर बस्नु उचित हुने डा.पुनले बताए ।
‘प्रदूषण बढेका बेला घरभित्रै बस्नु सबैभन्दा उत्तम उपाय हो’ उनी भन्छन्, ‘तर काम गर्नुपर्ने भएकाले यो व्यावहारिक नहोला । घरबाहिर हिँड्नुपरे मास्क अनिवार्य लगाउनुपर्छ । दीर्घरोगीलाई अलि धेरै हेरविचार गर्नुपर्छ ।’ वायु प्रदूषण रोक्न सरकारले दीर्घकालिन योजना ल्याएर काम गर्नुपर्ने डा. पुनको भनाइ छ ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया