औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड विनियोजन

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं,’ मन्त्री शर्माले भने ।
उनले वाइन उद्योग खोल्न प्रोत्साहितगरिने जनाए । मसलाजन्य वस्तुको उत्पादन वृद्धि गरिने र कपास खेतीलाई प्रोत्साहित गरिने समेत उनले बताए ।
कर्णालीका मार्सी चामल लगायतका उत्पादनको बजारीकरण गरिने गरिने उनले जनाए ।
चितवनको शक्तिखोर लगायतका क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गरिने र भैरहवा, सिमरा विशेष आर्थिक क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याइने उनले बताए ।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

नेपालमा पहिलोपटक ट्रान्सपोर्ट सेवालाई डिजिटल बनाउँदै ‘टिम भरिया’ एप

प्रतिक्रिया