आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

सहकारीको ५० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने

काठमाडौँ - सरकारले सहकारी क्षेत्रलाई रोजगारीको क्षेत्र बनाउन कुल लगानीको ५० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगाइने व्यवस्था गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट भाषण गर्दै सो जानकारी दिएका हुन् । सहकारी संस्थाले कम्तीमा एउटा स्वदेशी उत्पादनको खरिद बिक्री र बजारी करणमा सहयोग गर्नुपर्ने जनाइएको छ ।