आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

विदेशी लगानीको सीमा घट्यो

काठमाडौँ- विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । अहिले यस्तो सीमा ५ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत बजेट भाषणमा  बताए। साथै आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको जनाए ।