आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदान कति ?
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा संघ र प्रदेशलाई राजस्व बाँडफाँट अन्तर्गत १ खर्ब ६३ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।
संघीय सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड रुपैयाँ र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ उपलब्ध गराइने बताएका छन् ।
त्यस्तै, सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब रुपैयाँ हस्तान्तरण गरिनेछ । अर्कोतर्फ, समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड उपलब्ध गराइने उल्लेख छ ।
विशेष अनुदानतर्फ संघका लागि ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया