राष्ट्रियसभामा आर्थिक वर्षको ‘आर्थिक सर्वेक्षण’ पेस

काठमाडौँ - सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेस गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।
यसअघि बैठकले सांसदहरु अनिता देवकोटा, देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, मदनकुमारी साह गरिमा, प्रमिला कुमारी र शेखर कुमार सिंह रहनु भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो कार्यव्यवस्था परामर्श समिति पुनर्गठनका लागि प्रस्ताव गरेका सांसदहरुको नामावलीमा बैठकले सहमति जनाएको हो ।
बैठकमा अध्यक्ष तिमिल्सिनाले भने, ‘राष्ट्रियसभा नियमावली २०७५ को नियम १३ बमोजिम राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिलाई देहाय बमोजिम पुनर्गठन गरेको छु । माननीय अनिता देवकोटा, माननीय देवेन्द्र दाहाल, माननीय गोपीबहादुर सार्की अछामी, माननीय मदनकुमारी साह गरिमा, माननीय प्रमिला कुमारी, माननीय शेखर कुमार सिंह । प्रस्तावित नामहरुलाई सहमती जनाई दिन अनुरोध गर्दछु । प्रस्तावित नामहरु सभाबाट सहमति प्राप्त भएको घोषणा गर्दछु । अव म माननीय अर्थमन्त्रीको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मालाई आर्थिक सर्वेक्षण २०७८/०७९ सभा समक्ष गर्न अनुमति दिन्छु ।’
राष्ट्रियसभाको अर्को बैठक आजै साँझ साँढे ६ बजेका लागि बोलाइएको छ ।

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया