पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षामन्त्रीले गरे जनक शिक्षा सामग्रीको अनुगमन

काठमाडौँ - समयमा नै पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेका छन् ।
आइतबार भक्तपुरको सानोथिमिस्थित जनक शिक्षाको आकस्मिक अनुगमन गर्दै पुस्तक छपाईको बारेमा जानकारी लिएका हुन् । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुर्याराउने भनेपनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेलले अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाई दुई हप्ता ढिलो भएको जानकारी पाएको बताए । उनले १० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको बताए । अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिटै ढुवानी हुने उनले बताए । मन्त्री पौडेलले कागजहरु आएर पुस्तक छाप्ने काम तीव्र रुपमा भइरहेको सूचना पाएको जानकारी दिए ।
उनले सवै बिद्यार्थीको हातहातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताए ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया