आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

आफ्नो वित्तीय अवस्था मजबुद बनाउँदै शिवम्

इक्रा रेटिङमा उल्लेख्य सुधार

काठमाडौँ - नेपालको सबैभन्दा ठूलो सिमेन्ट मध्ये एक शिवम् सिमेन्टले पछिल्लो समय बजारमा आफ्नो वित्तीय अवस्था निकै मजबुद बनाउँदै लगेको छ। शिवम् सिमेन्ट नेपाली बजारमा निकै लोकप्रिय ब्रान्ड समेत हो। नेपाल ठूला संरचना निर्माणदेखि स-साना निर्माण क्षेत्रमा समेत यसको प्रयोग हुने गरेको छ। बजारमा आएको पछिल्लो प्रविधि प्रयोग गरेर उच्च गुणस्तरीय निर्माण सामाग्री उत्पादन गर्दै आएको शिवम् सिमेन्ट पछिल्लो समय हरेक निर्माण क्षेत्रमा बलियो उपस्थिती जनाउँदै आएको छ।

सन् २००३ मा स्थापना भएको शिवम् सिमेन्टले सन् २०११ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। यो नेपालको सबैभन्दा ठूलो उत्पादन गर्ने ग्रीन फिल्ड परियोजना समेत रहेको कम्पनी हो।  हाल कम्पनीले आफ्नै स्वामित्वमा रहेको चुनढुङ्गा खानीबाट ३ हजार टीपीडी सिमेन्ट र १९०० टीपीडी क्लिंकर उत्पादन गरिरहेको छ । शिवम् सिमेन्ट सन् २०१५ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो।

भारतबाट आयात हुने सिमेन्टमा टिकाउ रहेको नेपाली बजारमा गुणस्तरीय ओपीसी सिमेन्ट उपलब्ध गराउने लक्ष्यका साथ स्थापना भएको शिवम् सिमेन्टले नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट उत्पादनका लागि नेपाली चुनढुङ्गा अन्वेषण गर्न पहल गर्‍यो र साधारण पोर्टल्यान्डको उत्पादनबाट यात्रा सुरु गरेको थियो। नेपालमा (ओपीसी) ४३ ग्रेड सिमेन्ट र त्यसपछि ओपीसी ५३ ग्रेड सिमेन्ट समेत थपेर उत्पादन सुरु गरेको थियो।

शिवम् सिमेन्टको प्रयासले नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादनको जग बसालेको र अन्य देशबाट हुने आयात घटाउन समेत मद्दत गरेको देखिन्छ,जसले आयातमुखी नेपाली अर्थतन्त्रलाई आयात कम गर्न सहयोगी भूमिका निर्वाह गर्छ । उत्पादन सुरु गरेको धेरै छोटो अवधिमा,  बजार लिडरको रूपमा स्थापित भएको ब्राण्ड बनेको छ।

रेटिङमा निकै सुधार

कुनै पनि कम्पनीले बैंकबाट ५० करोड रुपैयाँभन्दा बढी ऋण लिनु परेमा अनिवार्यरुपमा रेटिङ गराउनु पर्ने व्यवस्था रहेको छ। रेटिङका आधारमा कुनैपनि कम्पनीको आर्थिक अवस्था के कस्तो छ भन्ने जान्न सकिन्छ । बैंकबाट ऋण लिँदा होस् वा आइपीओ निष्कासन लगायतका विभिन्न प्रयोजनका लागि कम्पनीको रेटिङ अनिवार्य हुन्छ । इक्रा नेपाल सार्वजनिक गरेको शिवम् सिमेन्टको रेटिङ निकै सुधार देखिएको छ। इक्राले सार्वजनिक गरेको शिवम् सिमेन्टको २०२१ को रिपोर्टमा कम्पनी अवस्थालाई निकै सुधार देखिएको हो।

इक्राले शिवम् सिमेन्टलाई लङ टर्म लोन लिमिटमा (आइसीआरएएनपी) एल प्लसबाट अपग्रेड गरेर (आइसीआरएएनपी) एलएए माइनस दिइएको छ। नेपाली सिमेन्टहरूमा शिवम् सिमेन्टले पाएको यो सबैभन्दा उच्च रेटिङ हो।

त्यस्तै सर्ट टर्म लोन लिमिटमा पनि शिवम् सिमेन्ट २७०७.१० बाट ३०९८.०० पाएको छ।  (आइसीआरएएनपी) एवान बाट अपग्रेड गरेर (आइसीआरएएनपी) एवान प्लसमा पुगेको छ। कोभिड-१९ तथा खुलेका अन्य कम्पनीहरूका कारण प्रतिस्पर्धा बढ्दा पनि कम्पनी आर्थिक अवस्था निकै सुधार देखिएको इक्राले गरेको गरेको रेटिङले देखाएको छ।

शिवम् सिमेन्टले चिनियाँ कम्पनी होङ्सीसँग समेत सहकार्य गरेको छ । जसमा होङ्सीको ७० प्रतिशत सेयरमा नेपाली कम्पनी शिवम् सिमेन्टको ३० प्रतिशत सेयर समेत रहेको छ यसले गर्दा नेपाली सिमेन्ट कम्पनीहरूमा शिवम् सिमेन्टले आफ्नो जग निकै बलियो बनाएको देखिन्छ।

 

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट