राष्ट्रिय बचत कोभिड अघिको भन्दा कम, लगानी उपलब्धता न्यून

काठमाडौँ– मुलुकको राष्ट्रिय बचत कोभिड–१९ महामारीको भन्दा कम भएको छ । आर्थिक सर्वेक्षण २०७८–७९ अनुसार, राष्ट्रिय बचत १५ खर्ब ५० अर्ब रुपैयाँ रहने प्रक्षेपण छ । यो कोभिड–१९ महामारी शुरु हुनु अघिको भन्दा कम हो । कोभिड महामारीको समयमा भने राष्ट्रिय बचत अझै घटेको थियो ।
महामारीको वर्षहरूमा रेमिट्यान्स सामान्य बढेपनि प्रत्यक्ष विदेशी लगानी, पर्यटन आयमा कमी आएको थियो । फलस्वरूप, राष्ट्रिय बचत घट्न पुगेको हो । चालु आर्थिक वर्षमा पनि प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा सुधार आउन नसकेको साथै रेमिट्यान्स समेत घटिरहेकाले कुल राष्ट्रिय बचत उल्लेख्य बढ्न नसकेको हो ।
राष्ट्रिय बचत घट्दा लगानीका लागि स्रोत कम हुन्छ ।
‘राष्ट्रिय बचत घट्नुले लगानीका लागि स्रोतको उपलब्धता कम भएको देखाउँछ,’ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘एक प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नका लागि कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत बराबर लगानी आवश्यक पर्ने गरेको देखिन्छ ।’
अहिले अनुमान गरिएको राष्ट्रिय बचत कुल गार्हस्थ उत्पादनको ३१.९५ प्रतिशत बराबर रहेकोमा चालु आवमा प्रक्षेपित बचत लगानी भए ६.३ प्रतिशत बराबरको आर्थिक वृद्धिदर हासिल हुनसक्ने उनले बताए ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया