वर्षाले भैरहवाका बजार जलमग्न

भैरहवा - शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएको छ । वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देबकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन् । सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्नासाथ जलमग्न हुने गरेको छ ।
पानीको निकाश र नाली पुरिएका कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ । कतिपय ठाउँमा सडकको काम अधुरो छाडेकोले पनि पानीको निकाश हुन सकेके छैन ।
घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्मेको समस्या खेप्दै आएका छन् । डुबान र जलमग्नको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा पर्ने गरेका छन् ।
विगतका वर्षदेखि यो समस्या दोहोरिँदै आएको छ । बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र प्लास्टिक लगायतका फोहोरले वर्षाको पानी सडकमा जम्ने गरेको छ ।
भैरहवामा ३० दशमलव २ मिलिमिटर पानी परेको भैरहवा विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले जानकारी दिएको छ । पानी पर्ने सम्भावना कायम छ, पानीले केही समय हवाई सेवा प्रभावित बनाएपनि हाल सेवा सुचारु भएको छ ।
सडक,नाला भत्काइएकाले पानीले निकास नपाउँदा सडकमा पानी जम्ने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

प्रतिक्रिया