आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

यी हुन् सम्पर्कविहीन भएको तारा एयरमा सवार चालक दलका तीनसहित २२ जना(सूचीसहित)

फाइल तस्‍बिर

पोखरा - पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थालका प्रवक्ता देवराज सुवेदीले इकागजलाई जानकारी  दिए ।

उनकाअनुसार करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा आएको छैन । विमानमा चालक दलका तीन जनासहित २२ जना सवार थिए ।

जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको नेपाल नागरिक यति एयरलाइन्सले जानकारी दिएको छ।
यी हुन् विमानमा सवार चालक दलका तीनसहित २२ जना ।