लमजुङका सामुदायिक र निजी विद्यालयमा पाठ्यपुस्तक अभाव

लमजुङ – जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भए पनि हालसम्म विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । लमजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको हो । पाठ्यपुस्तकको अभाव हुँदा पठनपाठनमा समस्या भएको विद्यालयहरूको गुनासो छ ।
बेँसीसहर नगरपालिका-११ चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठका अनुसार आवश्यकता अनुसार विद्यार्थीले किताब पाएका छैनन् । पुस्तक पसलहरूमा किताब उपलब्ध नहुँदा विद्यालयसम्म ल्याउन सकिएको छैन । अघिल्लो वर्ष प्रयोग भएका किताबलाई ल्याएर पठनपाठन गर्न थालिएको छ ।
जेठ ४ गतेबाट पठनपाठन थालिएकोमा किताब अभाव भएकाले पाठ्यक्रम अनुसार अध्ययन गराउने र गृहकार्यमा केन्द्रित गरिएको बताए । अन्य कक्षाका विद्यार्थीलाई पुराना किताबमार्फत पठनपाठन गरिए पनि कक्षा ४, ७ र ९ को कोर्स परिवर्तन भएकाले समस्या भएको हो ।
विद्यार्थीहरूसँग भएका केही पुराना किताब र विद्यालयमा भएको पुराना किताबले पठनपाठन भइरहेको छ । जनविकास माध्यमिक विद्यालय बेँसीसहरका प्रधानाध्यापक रत्नमान श्रेष्ठले पुराना किताब खोज्ने र त्यसैबाट अध्यापन गराउने गरेको बताए । कक्षा ४, ७ र ९ बाहेकलाई पुराना किताबबाट पठनपाठन गरिएको छ । किताब उपलब्ध नहुँदा विद्यार्थी, शिक्षकलाई समस्या भएको उनको भनाइ छ ।
शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयमा पाठ्यपुस्तक अभाव भएको विद्यालयले गुनासो गरेको बताए ।
निर्वाचनका कारण पुस्तक छपाइमा ढिलो भएको उनको भनाइ छ। लमजुङमा ०७८ सम्मको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयतर्फ २५ हजार ८१० विद्यार्थी छन् । निजीतर्फ आठ हजार ४९२ जना छन् । सामुदायिक विद्यालय ३३६ वटा छन् । निजीतर्फ ३३ वटा विद्यालय छन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया