चक्कु रोपिएर मदरसामा विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप

नेपालगञ्ज – फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार मदरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको ज्यान गएको हो ।
गत १२ जेठ साँझ ५ बजे भएको उक्त घटनामा मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातीमा (मुटुमै) रोपिन गई गम्भीर घाइते भएका थिए । खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिला नै योजनाबद्ध घटना भएको हो प्रहरीले खुलाएको छैन । मदरसाले पनि घटनाको बारे जानकारी गराएको छैन ।
घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराइएको मियाँको १३ जेठ राति १० बजे उपचारको क्रममा मृत्यु भएको बताइएको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘उपचारको क्रममा मियाँको १३ जेठ राति १० बजे नै मृत्यु भएको रहेछ । प्रहरीलाई १४ जेठ बिहान मात्र जानकारी भयो।’
उनले घटनामा संलग्न आशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव लखनउबाट नेपालगञ्ज ल्याएर भेरी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको बताए । उनले भने, ‘मृतकको परिवार र आफन्त नेपालगञ्ज पुगिसक्नु भएको छ । पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउने र आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसन्धान अघि बढाइने छ ।’

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया