बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

देउवाले पत्याएनन् दाहाललाई

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी दल र यहाँहरुको स्पष्ट धारणा नआएसम्म सरकारमा जाने कुरा नगर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । ‘अदालतको आदेश पुनरावेदन दर्ता गराएर यता सरकार बनाउने विषय गर्न आउनु भएको छ,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘यहाँहरूलाई कसरी बुझ्ने ? स्पष्ट धारणा के हो ? कसरी जाने भन्ने पहिला यहाँहरू स्पष्ट भएर आउनु होला अनि सहकार्यको विषयमा कुरा हुन्छ ।’ 

ढुक्क हुने कुरा नै नभएकाले पनि अन्यौलता रहेको उनले बताए । कांग्रेस लोकतन्त्र, मानवअधिकार र समाजवादको लागि सधै लागि रहेको पुरानो दल रहेको भन्दै देउवाले उनलाई भने, ‘माओवादी केन्द्र र जसपाको लाइन स्पष्ट हुनुपर्छ । त्यसपछि मात्र सहकार्य सम्भव छ । अन्यथा गफगाफ चलिरह्न्छ नै ।’ 

देउवाले दाहाललाई कसैको समर्थन र विरोध भन्दा पनि विधिको शासनलाई कांग्रेसले अंगाल्ने बताएपछि दाहालले आफूले त्यसप्रकारको वातावरण तय गर्ने बताएका हुन । दाहालले यहाँले नै सरकारको नेतृत्वगरेर नयाँ सरकार बनाउन पर्ने भन्दै त्यसको लागि पहल गरेका थिए । उनले पुनरावेदन गर्न अदालतमा दिन परेको निवेदन बारे यहाँ स्वयं पनि जानकार रहेको भन्दै त्यसको अर्थ रहेको बतँएका थिए । 

दल एउटै बनाएको खण्डमा सबै तर्फबाट दाहाल र माधवकुमार नेपाल पक्षधरको बहुमत रहने हुनाले त्यसतर्फ जान दाहालहरु बाध्य भएका हुन । यद्यपि अदालतले त्यसो गर्नुको कारण यसअघि नै स्पष्ट पारेको हुनाले त्यसमा कस्तो निर्णय आउँछ त्यो हेर्न बाँकी छ । दाहाल त्यहाँबाट जसपा नेता डा. बाबुराम भट्टराईलाई भेट्न सानेपा पुगेका हुन ।