स्ट्यान्डर्ड चार्टर्ड बैंकको शाखा नारायण चौर, नक्सालमा

काठमाडौँ - स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायण चौर, नक्साल, काठमाडौँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, 'हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं। नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ । ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ ।' बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ ।

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

प्रतिक्रिया