सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमन गर्न पुगे मेयर बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा पुगेका छन् । काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमन गर्न उनी प्रहरीसहित त्यहाँ पुगेका हुन् ।
सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर विसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भइरहेको विषयमा जानकारी लिन उनी त्यहाँ पुगेकाे बताइएकाे छ । उनले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल पनि गरेका थिए ।
बिहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका हुन् । मेयर बालेनले स्थानीयको मागबारे थप छलफल गर्ने बताएका छन् ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया