आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

आगलागीमा २५ लाखको क्षति

फाइल फोटो

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका - ५ मा शुक्रबार  बिहान आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।

स्थानीय महेन्द्र कामैतको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगलागी हुँदा गाेठ संगै उनका ३ जना छोराहरुकाे घर र घरमा भएको खाद्यान्न,लत्ताकपडा, भाँडाकुँडा लगायतको सामग्री जलेर नष्ट भएपछि २५ लाख बराबरको क्षति भएको हो।

आगलागीबाट महेन्द्र कामैतको घर,एउटा बाख्रा जलेर नष्ट भएपछि करिब चार लाख बराबरको क्षति भएको छ । उनको  छोरा शंकर कामैतको घर र एउटा बाख्रा, शत्रुधन कामैतको घर र एउटा बाख्रा, भरत कामैतको घर र एउटा बाख्रा गरि  करिब पाँच लाख बराबरको क्षति भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

 आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीहरूको सहयोगमा निभाइएको छ। घटनाको अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।