बानेश्वरबाट पक्राउ परे पूर्व डीआईजी रञ्जन कोइराला

काठमाडौं- सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए ।
हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको फैसला बिहीबार सर्वोच्च अदालतले उल्टाएसँगै कोइराला फरार थिए ।
कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले उल्टाएको थियो । कोइराला साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका कारण अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ । कोइरालाले श्रीमती गीताको काठमाडौंमा हत्या गरि पालुङ पुर्याएर जलाएका थिए । न्युज कारखाना

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

प्रतिक्रिया