आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

डोटीको तेल्परामा जिप दुर्घटना, १५ जना घाइते

प्रतिकात्‍मक तस्‍बिर ।

डोटी- डोटीको सायल गाउँपालिका–१ तेल्परामा आज बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  सायलबाट दिपायलतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३३४ नम्बरको जिप बिहान साढे १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । 

घाइते भएका सबैलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ ।  घाइतेमध्ये कञ्चनपुरको शुक्लाफाटा नगरपालिका बस्ने ५० वर्षीया धारु सुनारको अवस्था गम्भीर रहेको छ । 

जिप चालकलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ ।