प्रेस युनियनको समानन्तर भेला काठमाडौँमा, महाधिवेशनको छुट्टै मिति तोक्ने तयारी

काठमाडौँ- पटक-पटक महाधिवेशन मिति सारेको भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौँमा समानन्तर भेला सुरु गरेका छन् । पुर्व निर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिना पछि अर्थात १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानन्तर भेला आयोजना गरेका हुन् ।
काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्नेबारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिए । ‘विगत ८ वर्षदेखि युनियनको महाधिवेशन हुन सकेको छैन, आजै उद्घाटन गर्नुपर्ने अधिवेशन सारेर भदौ १३–१४ पुर्याइएको छ,’ अर्यालले भने, ‘महाधिवेशन गर्न असक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’
उक्त भेलामा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पुर्व अध्यक्षहरू सहभागी हुने बताइएको छ ।
प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पुर्व अध्यक्षहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देशैभरीबाट जिल्ला अध्यक्षहरू काठमाडौँ आएका छन् । सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरूको सहभागीता रहेको छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया