बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका छन् । मंगलबार रिपोटर्स क्लबको २३औं वार्षिकोत्सवमा बोल्दै उनले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । 

‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ नै,’ उनले भने, ‘कसैलाई आपत्ति लाग्ला । साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइने छ । यो सुनेर साँझदेखि कतिलाई निन्द्रा नलाग्ला ।’