विकास गरेको देख्न नसक्नेहरू मलाई हटाउन लागिपरेका छन् : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुलुकको देश विकास गर्न लागेकाले त्यो देख्न नसक्नेहरूले हटाउनका लागि अनेक प्रपञ्च रचिरहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही राजनीतिक दलको अहिलेको मुख्य काम ‘केपी ओली हटाउ’ रहेको बताए ।
‘अहिले केही राजनीतिक दल र बुद्धिजीवीहरू कसरी हुन्छ केपी ओलीलाई हटाउनु पर्छ भनेर लागिरहेका छन् । करण ओलीले विकासका काम सबै गर्न लागिसक्यो हामीले भजाउने एजेण्डा भएनन् भन्ने हो,’ ओलीले भने, ‘देश विकास गर्दा धेरैलाई गाह्रो भएको छ ।’
आफूले तराईको समस्या समाधान गरेको, विप्लव माओवादीका समस्या समाधान गरेको, पूर्व-पश्चिम राजमार्ग चौँडा गरेको, तुइन हटाएको, मेलम्चीको बाटो काठमाडौंमा ल्याएको देख्न नसकेर हटाउनलाई कम्मर कसेर लागेको बताए ।
अहिले दलहरूले राजनीति नगरेको पनि बताए । देश कहाँ संकटमा पर्यो भनेर ओलीले उल्टै प्रश्न पनि गरे । आफूले कसैको मुखमा टेप लगाएर नराखेको पनि ओलीले बताए ।
ओलीले आफूले संघबाट प्रदेशमा बजेट पठाउँदा कसैलाई काखा, कसैलाई पाखा नगरेको बताए । उनले बरु सरकारले विकासमा पछि परेको ठाउँमा गौरवका आयोजना सुरु गरेको बताए ।

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया